बारा,२६ असार । बारा प्रहरीले ६७ लाख बराबरको अबैध समान सहित डिब्बा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थित बीरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको ना ६ ख ४९४० ननम्बरको डिब्बा ट्रकमा लोड खुद्रा सामानहरु बरामद गरेको छ ।
उक्त ट्रकमा लोड रहेको अन्दाजी मुल्य रू. ६४ लाख ५६ हजार २ सय४२ रूपैया बराबरको स्पोर्टिङ बिल नभएको सामान भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।
त्यस्तै प्रहरीले जितपुरसिमरा उप-महानगरपालिका वडा नम्बर २१ स्थित बीरगंजबाट काठमडौं तर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको यात्रु बाहक बसमा लोड फेसवास अन्दाजी २ सय ३० पिस अन्दाजी १ लाख १४ हजार १ सत ५० मुल्य बराबरको समान बरामद गरेको हो ।
त्यसैगरी प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले बिश्रामपुर गाउँपालिका वडा नम्बर १० निलकण्ठवा स्थित नेपलाबाट भारत तर्फ लैजाँदै गरेको २ वटा गाई ८ वटा गाईको बाछा अन्दाजी मुल्य रु. १ लाख ३० हजार रुपैयाँ बराबरको बाछालाई नियन्त्रणमा लिएको छ ।
अबैध समान सहित डिब्बा ट्रकलाई नियन्त्रणमा
लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् ।