23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

आँबुखैरेनी बस दुर्घटना: २१ जनाको उद्धार,१२ जनालाई टिचिङ अस्पताल पुर्याइयो

spot_img
spot_img

दमौली,०७ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको र बसमा भारतीय पर्यटकहरु सवार रहेका थिए ।

प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १८ जनाको शव निकालिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२ जना घाइतेको उपचार टिचिङ अस्पताल काठमाडौँमा  र ९ जनाको उपचार स्थानीय अस्पताल आँबुखैरेनीमा उपचार भइरहेको जानकारी दिएका छन् ।

घाइते १२ जनालाई नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ पुर्याएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर