22.7 C
Kalaiya

Tuesday, March 18, 2025
22.7 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

चालु आर्थिक वर्षमा बारामा सवारी दुर्घटनामा परी १६ जनाको मुत्यु

spot_img
spot_img

कलैया,१० भदौ । पछिल्लो समय बारामा सवारी दुर्घटनाका घटनाहरु बढदै गएको छ। सडक दुर्घटनामा परि घाइते हुने र अनाहकमा ज्यान गुमाउनेको संख्यासमेत बढेको पाइएको हो।

चालु आर्थिक बर्ष २०८१/०८२ को २ महिना नबित्दैै आईतबारसम्म दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । चालु आर्थिक वर्षको साउन महिनामा १३ जना र भदौ महिनामा अहिलेसम्म ३ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांकले देखाउँछ।

बारामा भएका घाटनाहरु मध्येठूलो सवारी साधनको तुलनामा दुई पांग्रे सवारी साधन बढी दुर्घटनामा परेको देखिन्छ ।

गत आर्थिक बर्ष २०८०/०८१ मा ७५ जनाले दुर्घटनामा परी ज्यान गुमाएका थिए भने चालु आर्थिक बर्षमा दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म १६ जना पुगीसकेको छ ।

भदौ ३ गते सोमबार राती खपरताता-धर्मनगर सडकखण्डमा ना ५४ प ४७४८ नम्बरको साईन मोटरसाइकल र विपरीत दिशाबाट आउदै गरेको ना २ ह ५३७२ नम्बरको टेम्पु एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको दुर्घटना स्थलमै मृत्यु भएको थियोे ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर १२ धर्मनगर टोलमा बस्ने राजकुमार पटेलको छोरा अन्दाजी २४ वर्षीय रामकान्त पटेल रहेका थिए। त्यस्तै भदौ ८ गते शनिबार जीतपुरसिमरा उपमहानगरपालिका- १ पथलैया चोक स्थित पथलैयाबाट सिमरा तर्फ जादै गरेको बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदल यात्री मकवानपुर हेटौडा उपमहानगरपालिका – १५ बस्ने शिबलाल रुम्बाको छोरा अन्दाजी २१ वर्षीय रिकेश रुम्बालाई ठक्कर दिदा उनी घाइते भएका थिए ।

बा ७५ प ५४५१ नम्बरको मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका १ बस्ने अन्दाजी ३० वर्षीय आदेश लामाको मृत्यु भयो ।

त्यस्तै आईतबार जीतपुरसिमरा उपमहानगरपालिका –१ आधाभार जंगल स्थितमा बीरगंजबाट हेटौडाँ तर्फ जादै गरेको बिएबी ५०३५ नम्बरको कारले बिपरीत दिशाबाट आउदै गरेको बा ५८ प ४१४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको बागमति नगरपालिका ४ जिराईत बस्ने अन्दाजी ३७ वर्षीय मान बहादुर प्रधानको नारायणी अस्पताल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको बारा प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार ठक्कर दिने कार चालक जिल्ला ललितपुर महालक्ष्मि नगरपालिका ९ बस्ने अन्दाजी ३८ वर्षीय मनोज घिमिरेलाई नियन्त्रणमा लिइएको छ ।

यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका निमित्त प्रमुख एवम् प्रहरी वरिष्ठ नायब निरीक्षक माधव सिलवालसंग सम्पर्क गर्दा बारा लगायत देशभरी नै सवारी दुर्घटना बढ्दै गएको बताएका छन् ।

ट्राफिक प्रहरीले दुर्घटनालाई मध्यनजर गर्दै नियमित चेकिङग,जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको सिलवालले बताए । दुर्घटना हुनेको मुख्य कारण लाइसेन्स नभैइ सवारी साधन चलाउने,ओभर स्पिड,मापसे गरि सवारी साधन चलाउनु उनले जानकारी दिए ।

चालकहरुलाई चेकिङगको क्रममा बढी कारवाही गर्यौ भने चालकहरुले जन गुनासो समेत गर्ने गरेका उनले बताए । जनचेतना भएका तथा शिक्षित चालकहरुको लापरबाहीले गर्दा दुर्घटना बढ्दै गएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर