Thursday, September 17, 2026

बारामा श्रीमानले गरे श्रीमतीको हत्या

Advertisement
Advertisement

बारा,२६ भदौ । बारामा धारिलो हतियार खुर्पा प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । निजगढ नगरपालिका -९ भमरा टोल बस्ने अन्दाजी ४५ वर्षीय बिमल कुमार बस्नेतले घरायसी बिवादको कारण आफ्नै श्रीमती अन्दाजी ४० वर्षीय लक्ष्मी राईको धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

राईलाई खुर्पाले दुबै हात,खुट्टा र घाटी तथा शरीरको विभिन्न भागमा प्रहार गरेको उनले बताए । सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा लक्षमी राईको उपचारको क्रममा मृत्यु भएको थियोे भने उनको लास पोस्टमार्टमको लागी प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

उक्त झगडा छोरीहरुले छुटाउने क्रममा अन्दाजी वर्ष १८ की गंगा राईको बाया हाथमा काटेको अवस्था गम्भिर रहेको र अन्दाजी वर्ष १५ की जमुना राईको बाया हातमा काटेको अवस्था सामान्य रहेको छ भने उनिहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा सामान्य उपचार पश्चात थप उपचारको लागी नेशनल मेडिकल क्लेज बिरगजमा पठाईएको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।

धारिलो हतियार खुर्पासहित बिमल कुमार बस्नेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर