Saturday, August 1, 2026

नेपाल विद्यार्थी संघ निजगढको संयोजकमा आए सापकोटा

कलैया,०२ असोज । नेपाल विद्यार्थी संघ बाराले निजगढ नगरपालिकाको नगर संयोजकमा ईश्वर सापकोटालाई चयन गरेको छ ।

नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम सापकोटाकलाई नेपाल विद्यार्थी संघ निजगढ नगरपालिकाको संयोजकको जिम्मेवारी दिइएको हो।

नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना रहेका हुन्। समितिको सचिवमा आशिष दंगाल रहेका छन्।

नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउने प्रतिबद्धता संयोजक सापकोटाले व्यक्त गरेका छन्।

उक्त भेलामा नेविसंघ केन्द्रीय सदस्य विकल्प भट्टराई तरुण दलका केन्द्रीय सदस्य विष्णु खड्काको सो अवसरमा उपस्थिति रहेको हो । कार्यक्रममा भातृ संगठनका पदाधिकारीहरु विभिन्न वडाका सभापति र सदस्यहरु लागायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर