Thursday, August 6, 2026

निगमले इन्धनको मुल्य घटायो

काठमाडौँ,१४ असोज । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार काठमाडौँमना पेट्रोलको मुल्य १५८, डिजेल तथा मट्टीतेलको मुल्य १४७ प्रति लिटर भएको निगमले जनाएको छ ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । एलपी ग्याँसमा हाल प्रति सिलिण्डर २६९ रुपैयाँ ८० पैसा घाटा रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर