Thursday, August 6, 2026

गढिमाईको मेला व्यवस्थापनका लागि १ सय११ सदस्यीय व्यवस्थापन मुल समितिको घोषणा

कलैया,१४ असोज । बाराको विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई मेलाको संचालन तथा व्यवस्थापन मुल समितिको घोषणा गरिएको छ।

बरियारपुर स्थित गढिमाई मन्दिरको प्राङ्गणमा आयोजित संचालन तथा व्यवस्थापन मुल समितिको सार्वजनिकिकरण कार्यक्रममा १ सय ११ सदस्यीय समिती घोषणा गरिएको हो।

मेला व्यस्थापनको लागि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बनाइएको मुल समितिमा वडा नं १ का वडा अध्यक्ष मनोज कुमार गुप्ता उपाध्यक्ष, रामचन्द्र प्रसाद साह कानु उपाध्यक्ष, रामबाबु प्रसाद यादव उपाध्यक्ष, कैलाश महतो उपाध्यक्ष, महासचिवमा बिरेन्द्र प्रसाद यादव, बिरेन्द्र प्रसाद यादव, नरेश प्रसाद जयसवाल, उपेन्द्र प्रसाद गुप्ता, सचिवमा उमरावती देवी लहेरीन, नितु कुमारी गुप्ता, कोषाध्यक्षमा बिरेन्द्र प्रसाद चौरसिया रहेका छन्।

यस्तै सदस्यहरुमा विभिन्न पार्टीका १-१ जना प्रतिनिधि गरी जम्मा १ सय ११ सदस्यीय समिती रहेको छ। उक्त समितिमा रहेकाहरुको नामवली घोषणा महागढीमाई नगरपालिकाका नगरप्रमुखका प्रमुख सल्लाहकार र नेपाली कांग्रेस बाराका सचिव भैयाराम यादवले गरेका थिए।

यस्तै बारा जिल्लाबाट निर्वाचित संघीय सांसद, प्रदेश सांसद, पुर्व मन्त्री, प्रदेश सभा सदस्य, समानुपातिक सांसद, उपमहानगरका नगर प्रमुमहरु सहित २७ जनालाई मेलाको सल्लाहकारको रुपमा राखिएको छ।

घटस्थापना दिन गढिमाईको भव्य शोभा यात्रा सहित मेलाको आरम्भ हुनेछ। भने मेला अढाई महिना लाग्ने मेला मुल समितिले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर