23.1 C
Kalaiya

Wednesday, March 26, 2025
23.1 C
Kalaiya
Wednesday, March 26, 2025

spot_img

अविरल वर्षाका कारण बारा,पर्सा सहित देशका २० वटा जिल्लाहरूमा साढे ३ अर्ब बराबरको धानबाली नष्ट

spot_img
spot_img

वीरगन्ज,१६ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असोज १० गतेदेखि परेको अविरल वर्षाले तीन अर्ब ५० करोड बराबरको धानबाली नष्ट भएको जनाएको छ ।

मन्त्रालयले मंगलबार तथ्यांक सार्वजनिक गर्दै तीन दिनसम्म लगातारको वर्षाले ५८ हजार ४७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा तीन अर्ब ५० करोड बरावरको क्षति भएको जनाएको हो । मन्त्रालयका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली,  लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा धानबाली नष्ट भएको छ ।

अविरल वर्षाले खोटाङामा एक हजार तीन सय हेक्टर क्षेत्रफलमा लगाइएको अलैँची खेती नष्ट हुँदा ७० करोड बरावरको क्षति भएको पनि जनाएको छ । यस्तै पर्सामा ८५ हेक्टर क्षेत्रफलमा लगाइएको उखु नष्ट हुँदा ३४ करोड बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । वर्षापछि आएको बाढीका कारण धनुषा,महोत्तरी,सर्लाही,रौतहट,बारा र पर्सामा माछापोखरीमा क्षति हुँदा एक अर्व १३ करोड बराबरको क्षति भएको छ ।

पाँचथर, धनकुटा र तेह्रथुममा २४ पशुगोठमा क्षति भएको छ । पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा,  रामेछाप, दोलखा, ललितपुर, मधेश प्रदेशका सबै जिल्लामा २६ हजार २०५ पशुपन्छी मरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर