Friday, September 18, 2026

बारामा जेष्ठ नागरिकको रकम डकैत गर्ने चार जना पक्राउ

Advertisement
Advertisement

कलैया,२२ असोज । बारा प्रहरीले जेष्ठ नागरिकको रकम लुटेको भन्दै चार जनालाई पक्राउ गरेको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित प्रभु बैक अगाडी कलैया उपमहानगरपालिका वडा नं.१३ बलिरामपुर बस्ने एक जना ज्येष्ठ नागरिकले प्रभु बैकबाट ५० हजार रुपैयाँ रकम निकाली घरतर्फ जाने क्रममा रकम डकैत गर्ने चार जनाले सो रकम लुटेका हुन्।

पक्राउ पर्नेमा भारतको विहार राज्य पश्चिम चम्पारण, थाना बेताही, ग्राम पञ्चायत रानी पोखरी, वडा नम्बर ४३ रानी पोखरी टोल बस्ने ५९वर्षीय सुरेश प्रसाद बानीया, वडा नम्बर ४४ रानी पोखरी टोल बस्ने ४५ वर्षीय शर्मा मुखिया,सोहि वडाका ३५ वर्षीय शैलेश तिवारी र देश भारत,राज्य बिहार,जिल्ला मोजफरपुर,ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने ३४ वर्षीय रबि दास रहेका छन्।

जेष्ठ नागरिक बैंकबाट रकम निकाल्न जान लागेको पूर्व सूचना लिई भारतीय नम्बर प्लेट बि.आर २२ बि.जे ३१६४ नम्बरको मोटरसाईकलमा आएका दुई जना र अन्य दुई जना गरी चार जना अपरिचित ब्यक्तिहरूले जेष्ठ नागरिकलाई पच्छएका थिए।

बैंकबाट पैसा निकालेर बाटोमा हिड्दै गर्दा एक्कासी जेष्ठ नागरिकको अगाडी ४ जनाले घेरी उनिहरूले लुकाई ल्याएको चक्कु (छुरा) देखाई जेष्ठ नागरिकलाई तर्साई, धम्क्याई रकम लुटी फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त भए पश्चात प्रहरीले उनिहरुलाई खोजतलास गरीरहेकै अवस्थामा पुनः सोही स्थानमा नै उक्त ब्यक्तिहरु देखा परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। अन्य मानिसहरूलाई समेत लुटपाट गर्ने योजना बनाईरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो। प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ तथा चढेर आएको भारतिय नम्बर प्लेट बि.आर २२ बि.जे ३१६४ को मोटरसाइकल प्रहरीले बरामद गरेको थियो। उनीहरु माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर