Saturday, June 20, 2026

कलैयामा रास्वपाको विरोध जुलुश प्रदर्शन

बारा,०३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले शनिबार बाराको कलैयामा विरोध जुलुश प्रदर्शन गरेका छन्।

पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।

कलैयास्थित सिद्धेश्वर विद्यालय परिसरबाट शुरु भएको विरोध जुलुशले कलैया बजार परिक्रमा गरेको थियो। जुलुशका सहभागिहरुले विभिन्न नारा अंकित प्ले कार्ड सहित कलैया नगर परिक्रमा गरेका हुन्।

नगर परिक्रमा पछि कलैयास्थित भरत चोकमा आयोजित सभामा पार्टीका नेताहरु श्रीभगवान महतो, रजनिश कुशवाहा, ममता शर्मा, महम्मद ज्याउल हक, रामहरी खरेल,सन्तोष गुप्ता लगायतकाले पार्टी सभापति लामिछानेलाई निःशर्त रिहा गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर