कलैया,०४ कार्तिक । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान बाराको प्रथम साधारणसभा सम्पन्न भएको छ ।
बाराको सदरमुकाम कलैयामा रहेको बारा उधोग बाणिज्य संघको हलमा आयोजित प्रथम साधारण सभाले नया कार्यसमिति चयन गरेको हो ।
मन्जु सिंहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराई रहनु भएका थिए ।
सो सभाले प्रतिस्ठान बाराको सभापतीमा मन कुमारि लामा,उपसभापतीमा मुनिन्द्र लाल कर्ण,मंजू सिंह धिकारी र सुनिल कुमार सर्वसहमतबाट चयन भएक छन् ।
त्यस्तै सचिवमा टिलेन्द्र पुरुष ढकाल,सह सचिवमा कर्ण लामा र कोषाध्यक्षमा किशोर कुमार साह पनि चयन भएका हुन् ।
त्यसैगरी सदस्यमा निला सापकोटा,सोभावती पटेल,पुनम साह,चन्द्र भुषण शर्मा,मनकलिया दसरिन,सिताराम यादव,मंसुर आलम,म.कमरुल होदा चयन भएका छन्
सो समितीको सल्लाहकारमा बिनोद सिंह अधिकारी ( प्रवक्ता),राम सापकोटा,राम बिक्रम शाह र साहजहा अन्सारी चयन भएका छन् भने कानुनी सल्लाहकारमा अधिवक्ता समसोदिन हवारी चयन भएका हुन् ।
उक्त कार्यक्रममा बारा उधोग बाणिज्य संघका उपाध्यक्षमा प्रदिप कुमार साह,प्रतिष्ठानको साधारण सदस्य ४७ जना,जिल्ला कार्य समिति,पदाधिकारी र सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।