Friday, September 18, 2026

बारामा २७ किलो लागूऔषध गाँजा प्रहरीद्वारा बरामद

Advertisement
Advertisement

कलैया,०६ कार्तिक । बारा प्रहरीले २७ किलो लागू औषध गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा अस्थायी प्रहरी पोस्ट चरमोहनाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो गाँजा सोमबार बरामद गरेको हो ।

प्रहरी टोलीले जिल्लाको सुर्वण गाउँपालिका वडा नम्बर ३ बतौरा नहरमा जाँच गर्ने क्रममा उक्त लागू औषध गाँजा बरामद गरेको हो।

कञ्चनपुरबाट बतौरा तर्फ आउदै गरेको अन टेस्ट मोटरसाइकल चालक प्रहरीलाई देखेर फरार भएको तथा मोटरसाइकल पछाडी बाँधी राखिएको बोरा भित्र लुकाई छिपाई राखेको २७ किलो लागु औषध गाँजा दुई पोका प्रहरीले बरामद गरेको छ।

उक्त लागू औषध गाँजा बरामद गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

साथै फरार भएको व्यक्तिको खोज तलास कार्य भई रहेको समेत प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर