Friday, August 7, 2026

प्रहरीहरूको कडा सुरक्षाको बिच गढिमाई मन्दिरमा चोरी

बारा, १० कात्तिक । बाराको महागढीमाई नगरपालिका बरियारपुर स्थित गढीमाई मन्दिरमा चोरी भएको छ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १८ निवासी ७१ वर्षिय शान्ता देवी भारतीको घाटिबाट १ तोलाको सुनको सिक्री चोरी भएको हो । पुजा गर्ने क्रममा घाटिबाट सिक्री चोरी भएको उनको परिवारजनका सदस्य सुभास राज भारतीले बारा अपडेटलाई जानकारी दिएका छन ।

गढिमाई मन्दिरमा दिनहुँ १० जनाभन्दा बढी नगर प्रहरी खटिएका हुन्छन त्यसको बाबजुद पनि चोर नगर प्रहरीलाई चुनौती दिँदै चोरी गर्न सफल भएका छन् । नजिकिदै गरेको मेलालाई ध्यानमा दिदै नेपाल प्रहरी पनि खटिने गरेको छ ।

प्रहरीले यस विषयमा बुझिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर