Thursday, September 17, 2026

तरुण दलको स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण तथा सरसफाइ

Advertisement
Advertisement

कलैया,१० कात्तिक । नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई फलफूल वितरण तथा सरसफाइ गरिएको छ ।

बाराको कलैया उपमहानगर-६ मा रहेको प्रादेशिक अस्पताल कलैयाका बिरामीलाई तरुण दलको ७२ औं  स्थापना दिवसको अवसरमा फलफूल वितरण तथा सरसफाइ गरिएको हो ।

नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी बाराका उप- सभापति मनोज भट्ट रहनु भएका थिए ।

प्रादेशिक अस्पताल कलैयामा आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल,अपरेशन वार्डमा रहेका एक जना विरामीहरूलाई फलफूल वितरण गरिएको अध्यक्ष पटेलले जानकारी दिएका छन् ।

उक्त फलफूल वितरण कार्यक्रममा प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट सुनिल कुशवाहा,नेपाली कांग्रेस बाराका जिल्ला सदस्य रबि करण साह,अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रकाश चौगाई,राजेन्द्र जैसवाल,चन्द्रिका गुप्ता,नेपाली कांग्रेसका तथा पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर