Friday, August 7, 2026

हतियारसहित दुई जना पक्राउ

बारा,१० कात्तिक । रौतहटबाट हतियारसहित दुई जनालाई पक्राउ परेका छन ।

जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ धनसार सिमरी गेट नजिकैबाट सशस्त्र प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनिया रहेका छन ।

ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान र सो मा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका उपरीक्षक बिक्रम हुमागाईंले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर