Friday, September 18, 2026

बारामा आठ जना फरार प्रतिवादी पक्राउ

Advertisement
Advertisement

कलैया,२८ कार्तिक ।  बारा प्रहरीले आठ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका विभिन्न मुद्दामा वारदात पश्चात फरार रहेका फरार प्रतिवादीहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले वन मुद्दामा अदालतबाट १२ हजार ५ सय ७१ रुपैयाँ ४३ पैसा जरिवाना पाएका जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ८ निजगढ बजारमा बस्ने बजगाई भन्ने पञ्चलाल कुमरवनलाई पक्राउ गरेको छ।

त्यस्तै प्रहरीले चोरी मुद्दामा अदालतबाट १० हजार रुपैयाँ जरिवाना पाएका प्रसौनी गाँउपालिका वडा नम्बर ६ बेलहियामा बस्ने अवधेश कुमार मण्डललाई पक्राउ गरेको हो।

प्रहरीले कुटपिट अंगभंग मुद्दामा अदालतबाट दुई हजार रुपैयाँ जरिवाना र २५ दिन कैद सजाय पाएका गाँउपालिका वडा नम्बर १ बुनियादमा बस्ने जादोलाल साह कानुलाई पक्राउ गरेको छ।

प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट एक/ एक हजार रुपैयाँ जरिवाना पाएका जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ केराढोकामा बस्ने मुगले आजम अंसारी, सुधिरकुमार कलवार, रघुवीर प्रसाद खाँ थारू र रमेश चौधरीलाई पनि पक्राउ गरेको हो।

प्रहरीले चोरी मुद्दामा अदालतबाट एक हजार रुपैयाँ जरिवाना र एक महिना कैद सजाय पाएका कलैया उपमहानगरपालिका वडा नम्बर २१ खम्वा सोनरनियामा बस्ने नरेश गिरीलाई पक्राउ गरेको हो ।

प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत, कलैयामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर