23 C
Kalaiya

Tuesday, March 18, 2025
23 C
Kalaiya
Tuesday, March 18, 2025

spot_img

क्याम्पस प्रमुख हत्याको मुख्य अभियुक्त पक्राउ

spot_img
spot_img

कलैया,१३ मंसिर । प्रहरीले रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कुशवाहा हत्याको मुख्य अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीको उच्च स्रोतबाट प्राप्त जानकारी अनुसार क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहा पक्राउ परेका छन । प्रहरीले विषेश सूचनाको आधारमा बुधबार मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

गत जेठ ३२ गते साँझ साढे पाँच बजेको समयमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो।

क्याम्पस प्रमुख कुशवाहा मोटरसाईकल चलाई खजुरियाबाट कलैयातर्फ आउने क्रममा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोल स्थित ग्रेवल सडक खण्डमा पुग्दा अपरचित व्यक्तिहरुको समूहले गोली हानी हत्या गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर