31.7 C
Kalaiya

Tuesday, April 29, 2025
31.7 C
Kalaiya
Tuesday, April 29, 2025

spot_img

बारामा पानी ट्याङ्कीबाट झुन्डिएका व्यक्तिको सकुशल उद्धार

spot_img
spot_img
spot_img
spot_img
Advertisement

कलैया , १६ मंसिर । बारामा पानी ट्याङ्कीबाट झुन्डिएका एक जना व्यक्तिको सकुशल उद्धार गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १३ बलिरामपुरस्थित निर्माणाधीन पानी ट्याङ्कीमा पासो लगाएर झुन्डिएका एक व्यक्तिलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

बलिरामपुरमा निर्माणाधीन पानी ट्याङ्कीमा काम गर्ने क्रममा भारतीय नागरिक ४० वर्षीय धिरेन्द्र चौधरी झुन्डिएका हुन । २४ मिटर अग्लो पानी ट्याङ्कीमा शनिबार राति ८ बजे झुन्डिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले बताए । चौधरीसँगै काम गर्ने सहकर्मीले पासो खोल्न प्रयास गरे पनि उद्धार गर्न नसकेपछि स्थानीय बासिन्दालाई खबर गरेका थिए ।

Advertisement

सशस्त्र प्रहरीको नम्बर–१२ गण बारा र प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले उनको उद्धार गरेको हो । उनलाई उपचारको लागी राज्यलक्ष्मी अस्पताल कलैया लगिएको छ ।

Advertisement
प्रतिक्रिया लेख्नुहोस्
spot_img

सिफारिस

spot_img

सम्बन्धित खबर

ताजाखबर