बारा, २५ मङ्गसिर । बाराको पञ्चवर्षीय गढिमाई मेलाबाट सिरहा फर्किदै गरेको स्कार्पियो दुर्घटना भएको छ ।
गढीमाई दर्शन गरेर सिराहा फर्कदै गरेका दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भएर रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
जिल्लाको चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक सडक साइडको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकमध्ये अधिकांशको सनाखत हुन सकेको छैन । उक्त दुर्घटनामा बालबालिकासहित ४ जना घाइते भएका छन ।