


बारा,१४ माघ । बारामा माघ २३ गते देखि किशोरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप दिइने भएको छ ।
खोप निशुल्क पाईन्छ,खोप सुरक्षित हुन्छ,खोपले जीवन रक्षा गर्छ भन्ने नारा सहित बारामा क्यान्सर बिरुद्ध को एचपिभि खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
बारामा प्रथम चरण अन्तरगत माघ २३ गते देखी २५ गते सम्म जितपुर सिमरा उपमहानगरपालिका,कलैया उपमहानगर,परवानिपुर गाउँपालिका, विश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, निजगढ नगरपालिका, कोल्हवी नगरपालिकामा खोप लगाईने छ ।
त्यस्तै दोस्रो चरणमा २०८१ फाल्गुन ४ गते देखी ६ गते सम्म सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागडी गाउँपालिका, महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिकामा खोप लगाईने छ ।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने जनाइएको छ ।