Tuesday, September 22, 2026

बारामा लागूऔषध अफिमसहित एक जना पक्राउ

Advertisement
Advertisement

कलैया,२१ माघ । बारा प्रहरीले लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा आइतबार लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्सा र ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर २ वैकुण्ठ बस्ने अन्दाजी ४५ वर्षीय भिमलाल मोक्तान रहेको प्रवक्ता सापकोटाले बताए ।

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा चोक स्थित बिरगंज पथलैया सडक खण्डको पश्चिम तर्फको फुटपात सडकमा खैरो ब्याग भित्र लुकाइ छिपाइ हिडदै लगि रहेको उनको साथबाट लागूऔषध अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

उनको साथबाट लागूऔषध अफिम जस्तो देखिने अन्दाजी ३ किलो ४४ ग्रामको वस्तु बरामद गरिएको हो ।

लागूऔषध अफिमसहित मोक्तानलाई नियन्त्रणमा लिइ आवश्यक कनूनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर