बारा,२६ माघ । बाराको ७ वटा पालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सम्पन्न भएको छ भने ९ वटा पालिकामा बाँकि रहेको छ।
बाँकि रहेको पालिकाहरु मध्ये कलैया उपमहानगरपालिकामा माघ २७, २८ र २९ गते खोप लगाइनेछ भने अन्य पालिकाहरुमा फाल्गुन ४, ५ र ६ गते लगाइने स्वास्थ्य कार्यालय बारा कलैयका प्रमुख रामनरेश प्रसाद यादवले जानकारी दिनुभयो।
जिल्ला अन्तर्गतका सम्पुर्ण स्थानीय तहहरूमा कक्षा ६ देखि १० र विद्यालय बाहिर १० देखि १४ वर्ष उमेर समूहका ३९ हजार १७ जना एचपीभी खोप अनुमानित लक्षित छात्राहरु रहेकोमा १३ हजार ५ ३२ जनाले खोप लगाई सकेको प्रमुख यादवले जानकारी दिनुभयो।
कुन पालिकामा कति छात्राले लगाए खोप?
जितपुर सिमरा उपमहानगरपालिकामा ५ हजार ५ सय ५२, परवानीपुर गाउँपालिकामा ७ सय ९९, विश्रामपुर गाँउपालिकामा ७ सय ९८, फेटा गाउँपालिकामा १ हजार २ सय ९६, प्रसौनी गाउँपालिकामा १ हजार ४ सय १६, निजगढ नगरपालिकामा २ हजार २ सय ७४ र कोल्हवी नगरपालिकामा १ हजार ३ सय १८ जना छात्राहरुले एचपीभी खोप लगाएका छन्।
कुन-कुन पालिकामा लागेन खोप?
कलैया उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, बारागढी गाँउपालिका, महागढीमाई नगरपालिका र करैयामाई गाउँपालिकामा खोप लगाउन बाँकि छन्।