बारा,२८ माघ । सुनको मुल्य तोलामा १४ सय रुपैयाँ बढेको छ ।
आज सोमबार सुनको मुल्य प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । अघिल्लो १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।