Wednesday, June 24, 2026

उपमेयरले लगाइन् सिम्रौनगढ नगरपालिका कार्यालयमा ताला

बारा, ३० माघ। बाराको सिम्रौनगढ नगरपालिकामा उपमेयरले नै नगरपालिकामा तालावन्दी गरेकी छिन् । उपमेयर नजमु शेहरले आफ्नो पदिय अधिकारलाई अधिकार बिहिन बनाएर मेयर किशोरी प्रसाद कलवारले एकलौटी रुपमा अगाडी बढ्न खोजेको भन्दै नगरपालिकामा तालावन्दी गरेकी छिन् ।

नगरसभाबाट बजेट बांडफाड भएर आफ्नो भागमा परेको बिकास निर्माणको योजनाहरु कार्यान्वयनमा मेयर कलवारले हस्तक्षेप गरेको भन्दै आफुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको उपमेयर शेहरले प्रतिक्रिया दिएकी छन।

उपमेयर शेयरले प्रमुख प्रशासकिय अधिकृत कुरा नमान्ने, समयमा कर्मचारीहरुलाई तलब नपठाउने, न्यायिक समिति संचालन हुन नसकेको समेत गुनासो गरेकी छन।

यता, नगरपालिकाका मेयर कलवारले सबै आरोप झुठा रहेको र कार्यादेश रोक्न मैले आदेश नदिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर