बारा,३० माघ । मकवानपुरबाट लागूऔषध अफिम सहित बाराका दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका- ४ बस्ने बर्ष १८ को दिपक साह र सिम्रौनगढ नगरपालिका-१ बस्ने बर्ष १९ को शसि मुखिया रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर राक्सिराङ गाउँपालिका-५ स्थित बोटबारी नजिक पैदल हिडीरहेको अबस्थामा दुई जनालाई शंका लागी खानतलासी गर्ने क्रममा उनीहरुले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा २ किलो १४० ग्राम लागुऔषध अफिम फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।