Wednesday, July 1, 2026

बारा : सुधार केन्द्रमा ९/१० जनाले मिलेर निर्मम कुटेका थिए मृतक मण्डललाई

बारा, ०२ फागुन । बाराको कलैयामा मध्यरातमा सुधारकेन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। कलैया उपमहानगरपालिका वडा नम्बर १ भवानीपुरस्थित नव जन्म पुनर्स्थापना केन्द्रमा मण्डल १५ दिन अगाडी देखि भर्ना भएका थिए।

घटना बारे के भन्छ प्रहरी ?
प्रहरीका अनुसार बिहिबार राति मण्डल र त्यहाँ रहेका अन्य व्यक्तिबिच विवाद हुदा सो विवाद कुटपिटमा परिणत भएको थियो। निर्घात कुटपुटबाट घाइते भएका मण्डललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा चिकित्सकले मण्डललाई मृत घोषणा गरेका थिए। उक्त सुधार केन्द्र बारा कलैया उपमहानगरपालिका वडा नम्बर ३ भवानिपुर बस्ने २२वर्षीय साहेब बाबु मन्सुरले सञ्चालन गर्दै आएको बारा प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धानको क्रममा हाल सम्म ९ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कलैया-३ का १९ वर्षीय सर्फराज मन्सुरी, कलैया-४ का २२ वर्षीय निरज सरार्फ, कलैया-६ का २० वर्षीय राहुल भन्ने महम्मद आशु मिँया शेख, कलैया-१ का २४ वर्षीय अरुण सरार्फ, कलैया- २ का २१ वर्षीय प्रमेश्वर साह, कलैया ३ का २९ वर्षीय तमन्ना अली, कलैया १ का १९ वर्षीय सागर गुप्ता रहेका छन। उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पीडित परिवारले पनि उनिहरुमाथी कर्तव्य ज्यान सम्बन्धि जाहेरी दिएका छन।

कर्तव्य ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केन्द्रभित्र राखिएको सिसिटिभी फुटेजमा पनि कुटपिट गरेको स्पष्ट देखिएको छ । मृतकको शव कलैया प्रादेशिक अस्पतालमा राखिएको छ भने पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ ।

के भन्छ मृतकका परिवार ?
मृतकका दाजुले प्रदीपको गालामा रातो डाम परेको, खुट्टाका औंलाहरूमा रगत जमेको चोट देखिएको हुँदा सुधार केन्द्रमै कुटपिट गरेर हत्या गरिएको दाबी गरेका छन् । मृतकका बुबाका अनुसार एक हप्ता अघि मात्र उनले छोरालाई सुधार केन्द्रमै भेटेका थिए । त्यतिबेला प्रदीपले आफूलाई छिटो घर लैजान अनुरोध गरेका थिए । परिवारले उनलाई यसै महिनामा घर लैजाने योजना बनाइरहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर