Sunday, July 19, 2026

बाराको ६ पालिकामा उच्च तथा १० पालिकामा मध्यम जोखिम

कलैया, ०३ फाल्गुन। स्थानिय तह वित्तीय सुशासन को जोखिम मुल्यांकन अन्तिम नतिजामा आर्थिक वर्ष २०८०/०८१ मा बाराको ६ पालिकामा उच्च जोखिम तथा १० पालिकामा मध्यम जोखिम देखिएको छ।

जिल्ला समन्वय समिती बाराले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन (२१ अंक), कार्यन्वयन क्षमता तथा व्यवस्थापन (२९ अंक), लेखाई तथा प्रतिवेदन (१७ अंक), अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण (१६ अंक) र राजश्व व्यवस्थापन (१७ अंक) ५ वटा शिर्षकमा मुल्यांकन गर्ने गर्दछ। र त्यसबापत अंक दिने गर्दछ।

उक्त मुल्याङ्कनमा बाराको कलैया उपमहानगरपालिका सबैभन्दा बढि ६६.५ अंक, परवानीपुर गाउँपालिका ६३ अंक, निजगढ नगरपालिका ६० अंक, प्रसौनी गाउँपालिका ६० अंक, जितपुर सिमरा उपमहानगरपालिका ५२.५ अंक, आदर्श कोटवाल गाउँपालिका ४६ अंक, महागढीमाई नगरपालिका ४५ अंक, पचरौता नगरपालिका ४४.५ अंक, कोल्हवी नगरपालिका ४४ अंक, करैयामाई गाउँपालिका ४१ अंक सहित मध्यम जोखिममा छन्।

यस्तै विश्रामपुर गाँउपालिका ३८ अंक, देवताल गाउँपालिका ३७ अंक, सुवर्ण गाउँपालिका २९.५ अंक, बारागढि गाउँपालिका २६.५ अंक, फेटा गाउँपालिका र सिम्रौनगढ नगरपालिका सबैभन्दा कम १८ अंक सहित उच्च जोखिममा छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर