बारा, ०५ फागुन। धनुषाबाट स्रोत नखुलेको नगद ५७ लाख भन्दा बढि रकम सहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सिराहा कर्जन्हा नगरपालिका-९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय जेनिस साह रहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनीहरुलाई जनकपुरधाम उपमहानगरपालिका-८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटप सहित आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भुवनेश्वर र जामुनलाई नगद १० लाख रूपैयाँ, २ थान मोबाइल तथा जेनिसलाई ४७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, मोबाइल १ थान र ल्यापटप १ थान सहित पक्राउ गरेको हो ।
उनीहरुलाई तिनै जनालाई पक्राउ गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।