Saturday, August 1, 2026

ई-कमर्श बिधेयक सर्वसम्मतीले पारित

काठमाडौं, ६ फागुन । विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्बसम्मतिले पारित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको हो।

प्रतिनिधि सभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० पारित गरियोस भन्ने प्रस्ताब प्रस्तुत गरेका थिए ।

प्रस्ताव माथी  सांसदहरुले छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

मन्त्री भण्डारीको प्रस्ताव गरे लगत्तै सभामुख देबराज घिमिरेल विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ लाई पारित गरिएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर