बारा,७ फागुन । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो स्थानियतहका बिद्यालयका शिक्षक तथा कर्मचारीहरुको तलब मासिक रुपमा सिधैँ ब्यक्तिगत खातामा पठाउन सुरु गरेको छ ।
उपमहानगरपालिकाले सम्पुर्ण बिद्यालयका ४ सय ६२ जना शिक्षक तथा कर्मचारीहरुको तलब सिधै खातामा पठाएको हो । जिल्लामै पहिलोपटक सम्बन्धित शिक्षकको खातामा सिधै तलब पठाउन शुरु गर्दा शिक्षकहरुमा खुसियाली छाएको छ ।
त्रैमासिक रुपमा तलब पाउँदै आएका शिक्षकहरुलाई जीतपुरसिमरा उपमहानगरपालिकाले फागुनदेखि नियमित रुपमा मासिक तलब दिने व्यवस्था मिलाएको हो ।
यसअघि उपमहानगरपालिकाले विद्यालयको खातामा तलब पठाउने गरेको थियो ।