Thursday, September 17, 2026

धामी झाँक्रीमा विस्वास गरी अस्पताल नलगेपछि आदर्श कोटवालमा १७ वर्षिय बालकको मृत्यु

Advertisement
Advertisement

कलैया, ११ फागुन। बारामा सर्पको टोकाइबाट शनिबार एकजना बालकको मृत्यु भएको छ।

जिल्लाको आदर्श कोटवाल गाउँपालिका वडा नं ४ हरनैयामा सर्पले टोकेपछि आफन्तहरुले धामी झाँक्रीमा लगेपछि समयमै उपचार नपाएर अन्दाजी १७ वर्षिय बालकको मृत्यु भएको हो।

मृतक बालकका बुवा आदर्श कोटवाल गाउँपालिका वडा नं ४ हरनैया बस्ने अन्दाजी ४७ वर्षिय राजेश शर्मा अहिले कावर यात्रामा निस्केका छन्। उनी घरमा नहुँदा छिमेकीहरुले अस्पताल नलैजाउ धामी झाँक्री कहाँ लैजाउ भनेपछि धामी झाँक्रीमा लैजाँदा शर्माको छोराको मृत्यु भएको एकजना स्थानीय धर्मेन्द्र ठाकुरले जानकारी दिए।

बिस्तारै शिक्षित हुदै गएको समाजमा यस्तो घटना घट्नु दुःखद रहेको सर्प उद्दारकर्मी दिपक नेपाल बताउंछन्। उनी भन्छन्, ”हाम्रो समाजमा अहिले पनि यस्तो घटना भईरहेको छ। मैले पटक पटक आग्रह गर्ने गर्या छु सर्प टोक्यो भने अस्पताल लैजानु होला तर अहिले पनि समाजमा बिकृती रहेको छ। यो दुःखद कुरा हो।”

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर