Friday, September 18, 2026

स्वास्थ्य सेवामा सबैको पहूँच हुनुपर्दछ : उपराष्ट्रपति यादव

Advertisement
Advertisement

बारा, १२ फागुन। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकोले यसमा सबैको पहूँच हुनुपर्ने उल्लेख गर्दै यसलाई पूरा गर्न सरकारी तथा नीजि स्वास्थ्य क्षेत्रको थप सक्रिय भूमिका र सेवा भाव अपरिहार्य आवश्यकता रहेको बताएका छन।

बाराको परवानीपुर स्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालले सोमबार स्वर्ण महोत्सव अवसरमा अस्पताल परिसरमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन ।

उनले भने, “नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । यसलाई पूरा गर्न सरकारले आफ्नो नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ। मधेश प्रदेशको मात्र नभई सिंगो नेपालकै एक ऐतिहासिक, सांस्कृतिक, आर्थिक र औद्योगिक नगरी वीरगंजको प्रवेश द्वारमा अवस्थित यो अस्पतालले आफ्नो स्थापना कालदेखि नै उच्चस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउँनु प्रशंसनीय छ ।”

उपराष्ट्रपति यादवले अस्पतालका संस्थापक सदस्यमध्येका सुन्दरमल केडिया र उहाँका परिवारको योगदानको स्मरण गर्दै केडिया आँखा अस्पतालले आँखाको उपचार क्षेत्रमा ठूलो फड्को मारेको र यसले सिंगो मुलुककै गौरव बढाएको समेत बताएका छन।अस्पतालले विभिन्न आँखा सम्बन्धी स्वास्थ्य सेवाहरू र आधुनिक प्रविधियुक्त प्रयोगशालाहरू मार्फत उत्कृष्ट उपचार प्रदान गरेको उल्लेख गर्दै अस्पताललाई भविष्यमा पनि उत्कृष्ट सेवा मार्फत् मुलुककै नमुना आँखा उपचार केन्द्रको रूपमा विकसित गर्नुपर्ने बताए ।

उनले स्वर्ण महोत्सवको अवसर पारेर शिलान्यास गरिएका नवनिर्मित भवन र दृष्टि स्तम्भको अनावरणले अस्पताललाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्दै अस्पतालले थप समर्पित भावबाट आँखा रोगहरूको निदान, उपचार र सर्जरीमा केन्द्रित अन्य सबै सेवाहरू प्रदान गर्दै आपतकालीन सेवाहरू थप विस्तार गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर