24.2 C
Kalaiya

Tuesday, October 28, 2025
spot_img
24.2 C
Kalaiya
Tuesday, October 28, 2025

बारामा १ किलो ७५० ग्राम लागू औषध अफिम जस्तो पदार्थ सहित एक जना पक्राउ

spot_img
spot_img

कलैया,१३ फागुन  । बारा प्रहरीले लागू औषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

Advertisement

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुरसिमरा उप-महानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोक स्थितमा हेटौडाबाट वीरगंज जादै गरेको बा ६३ प ८२६२ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकल शंकास्पद  लागी रोकी चेक जाँच गर्दा सिटमुनि लुकाई राखेको लागू औषध अफिम जस्तो पदार्थ सहित एक जनालाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा मोटरसाइकल चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ पकनी बस्ने अन्दाजी २१ वर्षीय रबिन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement

उनको साथबाट १ किलो ७५० ग्राम लागू औषध  अफिम जस्तो पदार्थ  (३ वटा गोला) बरामद गरिएको छ ।

उक्त लागू औषध अफिम जस्तो पदार्थ सहित मोक्तानलाई नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट दिन १० (दस) म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी निरीक्षक दिलिप कुमार थापाले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर

error: Content is protected You can't copy !!