Monday, September 21, 2026

बारामा अफिमसहित दुई जना पक्राउ

Advertisement
Advertisement

बारा, २१ फागुन।  बारामा अफिमसहित दुई जना पक्राउ परेका छन।

हेटौंडाबाट वीरगन्तर्फ जाँदै गरेको प्र.३-०३-००२ प ८११ नम्बरको मोटरसाइकललाई  मंगलबार अमलेखगन्ज चौकमा चेकजाँच गर्दा सिटमुनी लुकाएर राखेको अढाइ किलो अफिम बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए।

मोटरसाइकल चालक  चितवन कालिका नगरपालिका-३ का ५० वर्षीय सञ्चलाल वाइबा र पछाडि सवार  हेटौडा उप-महानगरपालिका-३ का ४८ वर्षीय हिरालाल वाइबा पक्राउ परेको पण्डितले जानकारी दिए।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले सूचनाको आधारमा मोटरसाइकललाई चेकजाँच गरेको थियो।

उनीहरु दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर