Thursday, September 24, 2026

एसईई परीक्षामा झण्डै ८९ हजार विद्यार्थीहरुको लागि १२ हजारभन्दा बढी कर्मचारी खटाइने

Advertisement
Advertisement

माध्यमिक शिक्षा परीक्षा एसईईमा मधेस प्रदेशका झण्डै ८९ हजार विद्यार्थीहरुको लागि १२ हजारभन्दा बढी कर्मचारी खटाइने भएको छ।

आउँदो चैत ७ गतेदेखि मधेस प्रदेशका ८ वटा जिल्लाहरूबाट यस वर्ष प्राविधिक तथा साधारण गरी नियमित र ग्रेड वृद्धितर्फ गरी कुल ८८ हजार ८ सय ५८ विद्यार्थी सहभागी हुने भएका छन् भने त्यसको लागि १२ हजार २ सय ४२ जना कर्मचारी खटाइने शिक्षा विकास निर्देशनालय मधेस प्रदेशले जनाएको छ।

यस वर्षको एसईई परीक्षामा १ हजार २ सय ३१ विद्यालयबाट विद्यार्थीहरु सहभागी हुने छन्। जसको लागि प्रत्येक जिल्लामा गरी ३ सय १२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। प्रत्येक परीक्षा केन्द्रमा एक-एक जना गरी ३ सय १२ जना केन्द्राध्यक्ष र ४ सय ५९ जना सहायक केन्द्राध्यक्ष खटाइने छ।

प्रदेशभर ४ हजार ३ सय ७० जना निरिक्षक, ७ सय ५५ जना सहायक निरीक्षक र १ हजार ६ सय ६६ जना कार्यालय सहयोगी खटाइने छ। परीक्षा केन्द्रलाई सुरक्षित र मर्यादित बनाउन ४ हजार ७ सय ८० जना सुरक्षाकर्मी खटाइएको शिक्षा विकास निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर