Tuesday, July 7, 2026

एसईई परीक्षामा पर्साबाट साढे १२ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुदै

यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईईमा पर्सा जिल्लाबाट साढे १२ हजार भन्दा बढि विद्यार्थी सहभागी हुने भएका छन्।

आउँदो चैत ७ गतेदेखि शुरु हुने कक्षा १० को वार्षिक परीक्षामा पर्सा जिल्लाबाट १२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई वीरगन्जका इकाइ प्रमुख हरि राउतले जानकारी दिए।

एसईई परीक्षाको लागि जिल्लामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। २९ वटा परीक्षा केन्द्रमा एकसय ४८ वटा विद्यालयको विद्यार्थीहरु एसईई परीक्षा दिने प्रमुख राउतले बताए।

प्रत्येक परीक्षा केन्द्रमा २९ जना केन्द्राध्यक्ष, ६९ जना सहायक केन्द्राध्यक्ष, ६ सय २९ जना निरिक्षक, एकसय १४ जना परीक्षा सहायक, दुईसय ४० जना कार्यालय सहयोगी र ४ सय ३५ जना प्रहरी गरी जम्मा १ हजार ५ सय १६ जना कर्मचारी परिचालन गरिने शिक्षा विकास निर्देशनालय मधेस प्रदेशले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर