Friday, July 31, 2026

क्रसर बन्द गर्न भन्दै क्रसर उद्योग बन्द गर्न संघर्ष समितिद्रारा विरोध प्रदर्शन

कलैया,०३ चैत । मिनाक्षी एग्रोगेट क्रसर बन्द गर्न भन्दै क्रसर उद्योग बन्द गर्न संघर्ष समितिले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरमा संचालित रहेको मिनाक्षी एग्रोगेट क्रसर बन्द गर्न भन्दै क्रसर उद्योग बन्द गर्न संघर्ष समितिले विरोध प्रदर्शन गरेका हुन् ।

उक्त विरोध प्रदर्शनमा क्रसर अविलम्ब बन्द गर,क्षयरोगहरुको औषधि उपचारको जिम्मा लि,गाउघरमा क्रसर उधोग खोल्न पाईदैन भन्दै नारासहित प्रदर्सन गरेका हुन् ।

मिनाक्षी एग्रोगेट क्रसर उद्योगले प्रदुषण फैलाई गाउँघरमा जनधनको क्षति तथा गाउँ समाजलाई विभिन्न किसिमका रोग जस्तै क्षयरोग,दमा,आखाको समस्या,कान नसुन्ने,प्रेसर जस्ता रोग केही महिना देखि देखा परेकोले उक्त क्रसर विरुद्ध आन्दोलन गरिएको संघर्ष समितिले जनाएको छ ।

उक्त क्रसरका कारण गाउँबासीलाई विभिन्न किसिमका समस्या आएको हुनाले मिनाक्षी एग्रोगेट क्रसर उद्योगलाई बन्द गरि कानुनी कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

सो क्रसरको प्रदुषणबाट स्थानीय १७ जना बालबालिका तथा जेष्ठनागरिकहरु क्षयरोगबाट पिडित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर