Friday, September 18, 2026

परीक्षाको केन्द्राध्यक्ष चयन गोलाप्रथाबाट गर्न मुख्यमन्त्री सिंहको चेतावनी

Advertisement
Advertisement

काठमाडौं,०४ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए एसइई परीक्षा सञ्चालन प्रक्रियामा प्रदेश सरकार सामेल नहुने चेतावनी दिएका छन् । प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने उनको माग छ ।

केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई दिइँदा विगतमा पनि अनियमितता भइरहेको र यसपटक रोक्न उक्त प्रणाली परिवर्तन गर्नुपर्ने मुख्यमन्त्री सिंहको अडान रहेको छ । मुख्यमन्त्री सिँहले प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने निर्देशन दिइसकेका छन् ।

विज्ञप्तिमा भनिएको छ- ‘मुख्यमन्त्रीले परीक्षा प्रणालीमा शक्ति र प्रभावको दुरुपयोग रोक्न गोलाप्रथाबाटै केन्द्राध्यक्ष चयन गर्न सम्बन्धित सबै पक्षको पुनः गम्भीर ध्यानाकृष्ट गराउनु भएको छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसइई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने प्रष्ट पार्दछौं ।’

मधेशमा केन्द्राध्यक्ष नियुक्ति सम्बन्धमा जिल्लामा कार्यरत मावि तहका शिक्षक÷प्रअ र प्रदेश शिक्षा तथा सँस्कृति मन्त्रीको विशेष उपस्थितिमा प्रदेश परीक्षा सञ्चालन वा केन्द्र कायम भएका विद्यालयका प्रअ मध्येबाट केन्द्राध्यक्षका लागि रोस्टर तयार गरी सो रोस्टरमा रहेका सम्बन्धित केन्द्राध्यक्षलाई निजहरूकै उपस्थितिमा तथा जिल्ला परीक्षा समन्वय समितिको रोहबरमा जेष्ठ शिक्षकबाट क्रमशः केन्द्रका नाउँ उल्लेख भएका गोला तान्न लगाई केन्द्राध्यक्ष तय गर्ने निर्णय भएको थियो ।

तर, प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयविपरीत विभिन्न जिल्लामा साबिकको व्यवस्थाबमोजिम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको पाइएपछि मधेश सरकारले चेतावनी दिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर