Monday, June 29, 2026

बन टोलीद्रारा समिलमा छापामारी,चार थान काठ सहित दुई जना पक्राउ

जीतपुर, ५ चैत्र । बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ मझौलिया स्थित एक स मिलमा आईतबार राति बन टोलीले छापामारी गर्दै अवैध काठ सहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा भएको यो छापामारीमा २४ क्युफिट गोलीया काठ बरामद गरिएको डिभिजन बन कार्यालय बाराले जनाएको छ । डिभिजन बन कार्यालयका डिभिजनल बन अधिकृत राजीव कुमार झाले दिनुभएको जानकारी अनुसार प्रदेश ०३–००२ स १४१ नम्बरको मयुरीमा चार थान काठ लोड गरी स मिलसम्म पु-याइएको थियो।

कलैया सब डिभिजन बन कार्यालयका प्रमुख साहयक बन अधिकृत हरिशंकर साहको नेतृत्वमा गएको बन गस्ती टोलीले छापामारी गर्दै स मिल सञ्चालक र मयुरी चालकलाई नियन्त्रणमा लिएको उनले बताए । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नं.१६ बकुलहर निवासी स मिल सञ्चालक ४४ वर्षीय नरेश सहनी र मयुरी चालक २८ वर्षीय सुशील सहनी रहेका छन् ।

डिभिजन बन कार्यालय बारा सिमरा र सब–डिभिजन बन कार्यालय, कलैयाबाट परिचालित बन गस्ती टोलीले यो छापामारी अभियान सञ्चालन गरेको थियो । पक्राउ परेका दुबै जनामाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।

पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गराई डिभिजन बन कार्यालयको थुनुवा कक्षमा राखिएको डिभिजन बन कार्यालय बाराका कमाण्डर जमदार नागेन्द्र बैठाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर