Thursday, September 17, 2026

बारामा एसईई परीक्षा दिरहेकी छात्रा बेहोस, परीक्षाको लागि ३० मिनेट समय थप

Advertisement
Advertisement

कलैया, १४ चैत। बाराको कलैयामा माध्यमिक शिक्षा परीक्षा (एसइई) चलिरहँदा बिहीबार छैठौ दिन ऐच्छिक प्रथम विषयको परीक्षामा एक जना छात्रा बेहोस भएकी छिन् ।

श्री महावीर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कलैया ब्रम्हपुरी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी विनिका बस्नेत बेहोस भएकी हुन्।

बस्नेतलाई प्रादेशिक अस्पताल कलैयामा उपचार गराइएको हो। उनको स्वास्थ्यमा पहिलादेखी नै समस्या रहेको परिवारले जनाएको छ ।

बस्नेत जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित जनजागृति माध्यमिक बिधालयमा अध्ययनरत छात्रा रहेको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई उपचारपछि समान्य अवस्था भएपछि परीक्षामा सामेल गराइएको र उनको परीक्षाको लागि ३० मिनेट समय थप गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर