Sunday, September 20, 2026

बारा: ‘…हस्पिटलमा बम राखिएको छ’ भन्दै फिरौती माग्ने एकजना पक्राउ

Advertisement
Advertisement

कलैया, १५ चैत। जिल्ला प्रहरी कार्यालय बाराले धम्की दिई फिरौती माग गर्ने एकजना व्यक्तिलाई पक्राउ गरेको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नंम्बर ५ घुसुकपुर बस्ने प्रेमलाल पाण्डेयको छोरा वर्ष ३० को डा. बिकेश कुमार पाण्डेयलाई चैत २ गतेदेखि धम्की पाएपछि उनले बारा प्रहरीलाई जानकारी दिएका थिए।

अज्ञात व्यक्तिले पटक पटक फोन गरी धम्क्याउने तथा ‘ऐ.प्लस हस्पिटलमा बम राखिएको छ’ र फिरौतीको लागि २० लाख मागिरहेका थिए।

पाण्डेले जानकारी गराए पश्चात अनुसन्धान गर्दै जाँदा धम्क्याउने तथा फिरौती माग्ने कार्यमा संलग्न रहेका कलैया उपमहानगपालिका वडा नं. ५ घुसुकपुरमा बस्ने भृगुनाथ मिश्रको छोरा वर्ष ४८ को मदन मिश्रलाई खटिएको प्रहरीको विशेष टोलीले सीमावर्ती बिहार राज्य मोतिहारी प्रहरीको सहयोगमा बाराको शिवपुर चिउटाहाबाट शुक्रबार १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर