Thursday, September 17, 2026

हातहतियार बुझाउन बारा प्रशासनको निर्देशन

Advertisement
Advertisement

कलैया,१८ चैत । जिल्ला प्रशासन कार्यालय बाराले ईजाजत नलिई राखिएको हातहतियार बुझाउन निर्देशन दिएको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भटृराईले एक सार्वजनिक सुचना जारी गर्दै ईजाजत पत्र नविकरण नगराई वा ईजाजत प्राप्त ब्यक्तिको मृत्यु पश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखेको हतियार र खरखजाना बुझाउन निर्देशन दिएका हुन ।

सुचना जारी भएको मितिले ७ दिन भित्र हातहतियार र खरखजाना नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिईएको हो ।

हातहतियार र खरखजाना तोकिएको अवधी भित्र स्वेच्छाले नबुझाएमा ब्यक्ति उपर प्रचलित कानुन बमोजिम कारवाही हुने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर