Sunday, June 28, 2026

जीतपुरसिमरा उपमहानगरले निजि बिद्यालयसँग माग्यो बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण

जीतपुर ०२ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत बिद्यालयहरुलाई बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग गरेको छ ।

गत आर्थिक बर्षमा उठाएको शुल्कको बिवरण र चालु आर्थिक बर्षमा उठाउँने शुल्कको बिवरण पठाउँन पत्र लेखेर निर्देशन दिएको छ । उपमहानगरपालिकाको शिक्षा महाशाखाले सबै संस्थागत बिद्यालयहरुलाई पत्र लेखेर बैशाख ५ गते सम्ममा बिवरण पठाउँन भनेको छ ।

 

साथै उपमहानगरपालिकाले एक तहमा अध्ययनरत बिद्यार्थी अर्को तहमा सोहि बिद्यालयमा जाँदा भर्ना शुल्क नलिन नगर प्रमुख राजन पौडेलले अनुरोध गरेका छन् । उहाँले नियम अनुसार छात्रबृत्री प्रदान गर्न बिद्यालयहरुलाई अवगत गराउँनुभएको छ ।

अन्य बिद्यालयबाट आएका बिद्यार्थीहरुलाई प्रमाण पत्रको अधारमा भर्ना लिन र अनुमती प्राप्त कक्षा सम्ममा मात्र भर्ना लिन जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर