Saturday, September 26, 2026

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

Advertisement
Advertisement

कलैया, ०२ वैशाख । मधेस प्रदेश सरकारले आज प्रदेश भर सार्वजनिक बिदा दिएको छ। तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ मनाइने जुडशीतल पर्वको अवसरमा प्रदेश सरकारले वैशाख २ गते ( आज ) सार्वजनिक बिदा दिएको हो।

बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउने गरिन्छ ।

जुडशीतल पर्व आज रुखबिरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखबिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर