कलैया, ०४ वैशाख। प्रहरीले सर्लाहीबाट दुई सय किलो भन्दा बढिको गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका-१ नवलपुर बस्ने २५ वर्षीय सुशिल चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले मरिनबाट लालबन्दीतर्फ आउँदै गरेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडीलाई लालबन्दी नगरपालिका-११ हिरापुरमा चेकजाँच गर्दा अवैध लागूऔषध गाँजा करिब २ सय ४४ किलो बरामद भएको प्रहरीले जनाएको छ ।
उक्त गाडीमा रहेको धानको भुस्साको बोरा मुनी लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ । चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।