27.3 C
Kalaiya

Wednesday, September 10, 2025
spot_img
27.3 C
Kalaiya
Wednesday, September 10, 2025

वडाबाट नै भू–सेवा केन्द्रको भूमिसम्बन्धी सेवा सुरु

spot_img
spot_img

बारा,०६ वैशाख  : जीतपुरसिमरा उपमहानगरपालिकाको वडाबाट नै भू–सेवा केन्द्रको भूमिसम्बन्धी सेवा सञ्चालन सुरु गरिएको छ ।

Advertisement

भूमि व्यवस्थापन तथा अभिलेख विभाग,बबरमहल,काठमाडौंबाट जारी ‘भू–सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६’ र विभागबाट विकसित गरिएको (PAMS) प्रणाली अनुसार अब उपमहानगरपालिकामै आधुनिक भू–सेवा सुविधा उपलब्ध गराइएको हो ।

Advertisement

यस प्रणालीमार्फत अब सेवा ग्राहीहरूले सिमरा मालपोत कार्यालय जाने झन्झट बिना नै उपमहानगरपालिकाबाटै लिखत पारितलगायत अन्य महत्वपूर्ण कामहरु सजिलै गर्न सक्ने नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

Advertisement

भू–सेवा केन्द्रको सेवा सहज र प्रभावकारी बनाउँदै, वडा कार्यालयहरुमार्फत सेवा विस्तार गरिने जानकारी पनि उपमहानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाँईको हस्ताक्षर रहेको सूचनामा,सबै नागरिकहरुलाई आफ्ना क्षेत्र वा वडा कार्यालयबाटै भू–सेवाको सुविधा लिन सकिने उल्लेख गरिएको छ ।

यसले सेवाग्राहीको समय,खर्च र श्रम बचत गर्दै पारदर्शी तथा प्राविधिक सेवा प्रवाहमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

भू–सेवा केन्द्र सञ्चालनको यो कदमले स्थानीय तहमा जनउत्तरदायी र प्रविधिमैत्री सेवा प्रवाहको नयाँ युगको सुरुवात गरेको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर