27.9 C
Kalaiya

Monday, September 15, 2025
spot_img
27.9 C
Kalaiya
Monday, September 15, 2025

पर्साबाट लागुऔषध सहित दुई जना पक्राउ

spot_img
spot_img

कलैया, ०७ चैत । पर्साबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रहरीले जिराभवानी गाउँपालिका वडा नं. ५ हरैया टोल बस्ने दिलिपप्रसाद राय र सोही ठाउँ बस्ने राजबिध्या प्रसाद खाँ थारु रहेको प्रहरीले जनाएको छ ।

Advertisement

सुवर्णपुरबाट वीरगञ्जतर्फ आउदै गरेको ना १२ प ३१०६ नम्बरको मोटरसाइकलमा सवारलाई जाँच गर्ने क्रममा चामलको बोरा भित्र लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध नाइट्राजेपाम ८८६ ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Advertisement

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय सेढवा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले भवानी गाउँपालिका वडा नम्बर ३ नौका टोलबाट दुई जनालाई पक्राउ गरेको हो ।

Advertisement

उनीहरुलाई नियन्त्रणमा लिइ निजहरु विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
Advertisementspot_img
Advertisementspot_img

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर