Sunday, June 21, 2026

बारामा नेपाल निजामति कर्मचारी संगठनको ३५ औं स्थापना दिवस मनाइयो

कलैया,०८ वैशाख । नेपाल निजामति कर्मचारी संगठनको ३५ औं स्थापना दिवस बारामा मनाइएको छ। यस अवसरमा जिल्ला कार्य समिति बाराले अमृता अनाथ आश्रममा खाद्यान्य र शैक्षिक सामाग्री आइतबार एक कार्यक्रममा सहयोग गरेको छ। बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ४ मा रहेको अमृता अनाथ आश्रमका बाल बालिकाहरुलाई सो सामाग्री सहयोग गरिएको हो।

संगठनले चामल–२ बोरा,चिउरा–१ बोरा,आलु र प्याज –१ बोरा,पेन,कापी,सिसाकलम जस्ता अन्य खाद्यान्य तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो। अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतलाई सो सामाग्री हस्तान्तरण गरिएको हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै अमृता अनाथ आश्रमकी अध्यक्ष फुलमती बस्नेतले यस्ता कार्यक्रमले बालबालिकाहरु धेरै खुशी हुने गरेको बताइन्।

नेपाल निजामति कर्मचारी संगठन बाराका अध्यक्ष सागर कुमार साहले निजामति कर्मचारीको सबै भन्दा जेठो र ठुलो संगठनको रुपमा निजामति कर्मचारी संगठन स्थापित भएको बताए। संगठनले कर्मचारीको हकहितका साथै विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको उनले बताए।अमृता अनाथ आश्रमलाई आउने दिनमा पनि थप सहयोग गर्ने उनले बताए ।

उक्त कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठन केन्द्रीय सदस्य रन्जिता साह,मधेस प्रदेशका सचिव राजिव यादव,सदस्य देवन ब.तिमिल्सिना,बाराका उपाध्यक्ष भावना कर्ण,सचिव रामजनम पन्डित र सदस्य प्रभु राम,संगठनका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर