Saturday, September 26, 2026

कलैयामा सञ्चालित मापदण्ड विपरीत निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

Advertisement
Advertisement

कलैया , १३ वैशाख । मदेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाराको सदरमुकाम कलैयामा मापदण्ड विपरीत सञ्चालित निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले शनिवार सदरमुकाम कलैयामा सञ्चालित निजी अस्पताल र क्लिनिकहरूको छड्के अनुगमन निरीक्षण गरेका हुन । छड्के अनुगमनको क्रममा मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको निजी अस्पताल बन्द गर्न निर्देशन दिएका हुन् ।

कलैयामा मापदण्ड पुरा नगरी सञ्चालनमा रहेको योगशिला हस्पिटल प्रा.लि, कलैया सब मेट्रोसिटी हस्पिटल प्रा.लि, कलैया हस्पिटल प्रा.लि , समाज प्रसुति तथा जेनेरल अस्पताल प्रा.लि, राज लक्ष्मी रिलिफ हस्पिटल प्रा.लि, रारा हस्पिटल प्रा लि, राजकुमारी पोलि क्लिनिक, न्यु जिवन ज्योति डेन्टल क्लिनिक , राम हेल्थ क्लिनिक , कृष्णा डेन्टल क्लिनिक , स्टार डेन्टल क्लिनिक लाई बन्द गर्न निर्देशन दिएको मधेस प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष कुमार ठाकुरले जानकारी दिएका छन।

मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्न त्यस अघि नियम प्रक्रिया नपुगुन्जेलसम्म अस्पताल बन्द राख्न सञ्चालकहरूलाई  लिखित पत्र नै दिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर