Saturday, August 1, 2026

गृहमन्त्रीले राजिनामा दिनु पर्ने विपक्षी दलको अडान, प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

काठमाडौं, १३ चैत। प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसदमा आज अबरोध गरेका थिए।

बिहान बैठक सुरू भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजिनामा माग गरेका थिए।संसद चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिऊँसो २:३० बजे बस्ने भनिएको थियो।

सो समय सिमा भित्र पनि बैठक बस्न नसके पछि सुचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर